Comments Add Comment

बेलायतमा पहिलोपटक एकैदिन भेटिए १० हजार बढी कोरोना संक्रमित

१८ असोज, काठमाडौं । बेलायतमा पहिलोपटक एकैदिन १०  हजारभन्दा धेरै कोरोना भाइरस संक्रमित थपिएका छन् । मास टेस्टिङ सुरु गरेसँगै शनिबार १२ हजार ८७२ नयाँ संक्रमित फेला परेको घोषणा बेलायतले गरेको हो । सरकारका अनुसारगत साता केही प्राविधिक समस्याको कारण दर्ता हुन नसकेका संक्रमितलाई पनि शनिबारको तथ्यांकमा समावेश गरिएकाले नयाँ संक्रमितको संख्या बढेको हो ।

शनिबार बेलायतमा पछिल्लो २८ दिनमा कोरोना संक्रमण पुष्टि भएकामध्ये ४९ जनाको मृत्यु भएको छ । यसअघि गत साताको संक्रमण यसअघिको तुलनामा कम रहेको देखिएको भए पनि धेरै संक्रमित दर्ता हुन बाँकी देखिएको हो । पछिल्लो समय बेलायतमा कोरोना संक्रमितको संख्या बढेसँगै बेलायतबारे चिन्ता पनि बढेको छ ।

बेलायतमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या चार लाख ८० हजारभन्दा बढी रहेको छ । बेलायतमा कोरानोबाट मृत्यु हुनेको संख्या पनि ४२ हजार नाघिसकेको छ । बेलायतमा कोरोना संक्रमण बढेसँगै मुलुकका केही स्थानहरुमा कोरोना नियन्त्रणका लागि सामाजिक गतिविधिमा प्रतिबन्ध लगाइएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment