
१८ साउन, काठमाडौं । प्रहरीले साइबर अपराध तथा ठगी सम्बन्धी कसुरमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाका २४ वर्षीय पसल रोकाया छन् ।
काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले रोकायालाई पक्राउ गरेर काठमाडौंतर्फ ल्याइँदै गरिएको अनलाइनखबरलाई बताए । उनका अनुसार रोकायाका विभिन्न साइबर अपराधका घटनामा मुछिएका छन् ।
एक अनुसन्धान अधिकृतका अनुसार रोकाया पछिल्लो समय भारतको दार्जिलिङमा बसिरहेका थिए । त्यहीँबाट नेपालमा साइबर अपराध गरेको अभियोग उनीमाथि छ ।
उनले कसैलाई नर्स बनाउने भन्दै यौन दुर्व्यवहार गर्ने गरेको पनि भनिएको छ । साथै, उनले भिडियो बनाएर ब्ल्याकमेल गर्ने गरेको पनि प्रहरीको भनाइ छ ।
काठमाडौं ल्याएर थप अनुसन्धान थाल्ने तयारी गरिएको एसपी राठौरले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4