+
+
Shares

नेपालमा चीनको भन्दा बढी कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १८ गते १७:२४

१८ असोज, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या चीनमा भन्दा बढी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । जुन चीनमा भन्दा १ हजार ३७३ जनाले बढी हो ।

आइतबार २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित संख्यामा नेपालले चीनलाई जितेको हो ।

चीनको नेशनल हेल्थ कमिसनका अनुसार अहिलेसम्म मेनल्याण्ड चीनमा ८५ हजार ४५० संक्रमित फेला परेका छन् । शनिबार मेनल्याण्ड चीनमा १६ नयाँ संक्रमित थपिएका छन्, थपिएका सबै विदेशबाट आएका मानिसहरु हुन् । त्यस्तै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या चार हजार ६३४ छ । यद्यपि चीनले आफ्नो तथ्यांकमा कोरोनाको लक्षण नदेखिएका संक्रमितलाई भने संक्रमितको संख्यामा गणना गर्दैन ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार भने चीनमा अहिलेसम्म ९१ हजार १२१ संक्रमित फेला परेका छन् भने चार हजार ७४६ जनाको मृत्यु भएको छ । डब्ल्यूएचओको तथ्यांकमा हङकङ, ताइवान, मकाउको तथ्यांक पनि चीनमा नै समावेश छ ।

सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमित भेटिएका थिए । नेपालमा भने त्यसको करिब दुई महिनापछि २०७६ माघ ९ गते पहिलो संक्रमित भेटिएका थिए । त्यसपछि दोस्रो संक्रमण चैत १० गते देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?