+
+
Shares

दैलेखका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १८ गते १७:३९

१८ असोज, काठमाडौं । दैलेखका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ ।

स्वास्थ्यमा जटिल समस्या आएपछि शनिबार राति १२: ४५ बजे नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । उनको उपचारका क्रममा आइतबार दिउँसो साढे एक बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

ती पुरुषलाई कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आन्द्रा फुटेकोले अवस्था जटिल भएको हुँदा त्यहाँबाट कोहोलपुर रिफर भएका थिए ।

मृतकको शव व्यवस्थापन बाँकेमै गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?