+
+
Shares

भीमफेदी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १८ गते १८:५०

१८ असोज, हेटौंडा । मकवानपुरको भीमफेदीमा आइतबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुई जनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु भएका दुई जनाको पहिचान पनि खुलेको छ ।

प्रहरीका अनुसार घटनास्थलमै मृत्यु हुनेमा भीमफेदी –७ का २५ वर्षीय राजन मगर र हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीका २५ वर्षीय भीमलाल थिङ रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएकी झापाको जोरपानी–७ की २५ वर्षीया देवीकुमारी गिरीको हेटौंडा अस्पतालमामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जिप भीमफेदी गाउँपालिका–६, सिमखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?