+
+
Shares

खानीखोला जिप दुर्घटना : कुहिरोका कारण हेलिकप्टरबाट घाइतेको उद्धारमा समस्या

उनले भने, ‘हेलिकप्टर रेडी छ, सम्भावना भयो भने कामीडाँडाबाट उद्धार गर्ने प्रयास भइरहेको छ । अहिले नेपाली सेनाले त्यस क्षेत्रको सम्भाव्यता अध्ययन गरिरहेको छ ।’

कपिल कोइराला कपिल कोइराला
२०८३ भदौ १ गते १४:०९
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउरथलीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।
  • बाक्लो कुहिरोका कारण हेलिकप्टर ल्यान्ड हुन नसक्दा दुर्घटनास्थलबाट घाइतेहरूको उद्धार कार्यमा समस्या उत्पन्न भएको छ ।
  • प्रहरीले ब्रेक फेल भएर जिप दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ भने नेपाली सेनाले घाइते उद्धारका लागि सम्भाव्यता अध्ययन गरिरहेको छ ।

१ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउथलीमा जिप दुर्घटना हुँदा गम्भीर घाइते भएकाहरूको उद्धारमा समस्या भएको छ । घाइतेको उद्धारका लागि हेलिकप्टर व्यवस्थापन भए पनि दुर्घटनास्थलमा बाक्लो कुहिरो लागेका कारण उद्धारमा समस्या भएको हो ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार दुर्घटनामा परेकाहरूको उद्धारका लागि हेलिकप्टरको व्यवस्थापन भए पनि बाक्लो कुहिरोका कारण ल्यान्ड हुन नसक्नेपछि उद्धारमा समस्या भएको हो ।

घटनास्थलमा बाक्लो कुहिरो लागेका कारण बेथानचोक-५ स्थित कामीडाँडाबाट हेलिकप्टरमार्फत घाइतेहरूको उद्धार गर्ने प्रयास भइरहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए । उनले भने, ‘हेलिकप्टर रेडी छ, सम्भावना भयो भने कामीडाँडाबाट उद्धार गर्ने प्रयास भइरहेको छ । अहिले नेपाली सेनाले त्यस क्षेत्रको सम्भाव्यता अध्ययन गरिरहेको छ ।’

सोमबार विहान खानीखोला गाउँपालिका -स्याउरथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने ३ जना गम्भीर घाइते भएका थिए । मृत्युहुनेहरूमा खानीखोला-४ का कलकबहादुर माझी र खानीखोला-२ की पातलीमाया मोक्तान रहेका छन् । गम्भीर घाइतेहरूको पहिचान हुन बाँकी छ ।

ब्रेक फेल भएर जिप दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?