+
+
Shares

हुम्लामा जिप दुर्घटना, दुई जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १३:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको अदानचुली गाउँपालिका-४ लाैठी खोलामा भे १ च १६८५ नम्बरको जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
  • कगाईबाट श्रीनगरतर्फ जाँदै गरेको जिप ओरालोमा अनियन्त्रित भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खडकाले जानकारी दिए ।
  • दुर्घटनामा परेका बिमला सिंह र कलक छत्यालको उद्धार गरी उपचारका लागि श्रीनगर स्वास्थ्यचौकी पठाइएको छ ।

२६ साउन, काठमाडौं । हुम्लाकाे अदानचुली गाउँपालिका-४ लाैठी खोलामा जिप दुर्घटना भएकाे छ।

अदानचुली गाउँपालिका-५ कगाईबाट श्रीनगरतर्फ आउँदै गरेकाे भे १ च १६८५ नम्बरको जिप मंगलबार लाैठी खाेलामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा अदानचुली गाउँपालिका-५ की २३ वर्षिय बिमला सिंह र ३५ वर्षीय कलक छत्याल रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खडकाले बताए।

प्रहरीका अनुसार ओरालाे भागमा अनियन्त्रित भई जिप सडकमै पल्टिएर दुर्घटनामा परेको हो ।  जिपमा चालकसहित ५ जना सवार थिए ।

घाइतेहरूकाे उद्वार गरी उपचारका लागि श्रीनगर स्वास्थ्यचाैकीमा पठाइएको डीएसपी खडकाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?