News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा भएको जिप दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
- दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् भने ताराबहादुर माझीले हाम फालेर आफ्नो ज्यान बचाएका छन् ।
- जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार ब्रेक फेल भएर जिप २०० मिटर तल खसेको हुनसक्ने अनुमान गरिएको छ ।
१ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना गम्भीर घाइते भएका छन् ।
पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा सोमबार नम्बर नखुलेको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।
जिपमा सवार खानीखोला-४ का ताराबहादुर माझीले भने हाम फालेर ज्यान बचाएका छन् । उनी सामान्य घाइते छन् ।
मृत्यु हुनेमा माझीका बुबा कलबबहादुर माझी र खानीखोला-२ की पातलीमाया मोक्तान रहेका छन् ।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबाहादुर थिङका अनुसार गम्भीर घाइतेको उद्धारका लागि हेलिकप्टर झिकाउन समन्वय भइरहेको छ ।
उद्धारका लागि फलामेटार, तालढुंगा र ढुंखर्कबाट प्रहरी टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टले जानकारी दिए ।
जिप ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने र घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया 4