Comments Add Comment

विराट नर्सिङहोमबाट हाम्फालेका बिरामीको मृत्यु

१९ असोज, विराटनगर । विराटनगरको विराटनर्सिङ होम (विराटनगर अस्पताल)बाट हाम्फालेका बिरामीको मृत्यु भएको छ । अस्पतालको दुई तलामाथिबाट हामफालेका मोरङको मिक्लाजुङ गाउँपालिका-७ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो ।

गजमेर आईसीयूमा उपचाररत थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार गजमेर १७ असोजमा अस्पताल भर्ना भएका थिए ।

फोक्सोमा गम्भीर समस्या देखिएको भन्दै चिकित्सकको सल्लाहमा उनलाई आईसीयूमा भर्ना गरिएको थियो ।

आईसीयूबाट गर्मी भएको बहाना बनाउँदै बाहिर निस्किएका गजमेरले आज (सोमबार)बिहान ५ः३० बजेतिर दुई तलामाथिबाट हामफालेको जानकारी अस्पतालले प्रहरीलाई गराएको छ ।

एसपी खड्काका अनुसार हामफालेर गम्भीर घाइते भएका उनलाई उद्धार गर्दै उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो ।

गजमेरको उपचारका क्रममा ९ बजेतिर मृत्यु भएको हो । मृत्यु अस्वभाविक देखिएका कारण घटनाको अनुसन्धान थालिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment