Comments Add Comment

संग्रौलाको अनुवादमा ‘सत्ता र सत्य’

काठमाडौं । राजनीतिक विश्लेषक एवं लेखक खगेन्द्र संग्रौलाको अनुवादमा ‘सत्ता र सत्य’ पुस्तक सार्वजनिक भएको छ । शुक्रबार लेखकको भिडियो मन्तव्यसहित पुस्तक सार्वजनिक गरिएको हो ।

अमेरिकी लेखक मेरी डेसनले छनोट गरेका विश्वप्रसिद्ध आठ चिन्तकका ११ थान दार्शनिक निबन्धहरूलाई संग्रौलाले अनुवाद गरेका हुन् ।

विलियम मोरिस, आन्टोनियो ग्राम्स्की, अल्बर्ट आइन्सटाइन, बर्टोल्ट ब्रेख्त, विलियम हिन्टन, इडुआर्दो ग्यालिआनो, हवार्ड जीन, एडवर्ड डब्लु सइदका प्रसिद्ध विचारप्रधान निबन्धहरू पुस्तकमा संग्रहण गरिएका छन् ।

पुस्तकबारे संग्रौला भन्छन्, ‘आजको विश्व पुँजीवादको आलोचना हो र विश्व पुँजीवाद न मानवजातिका लागि कल्याणकारी भयो, न प्रकृतिका लागि कल्याकारी भयो, न मानिस र प्रकृतिको सम्बन्धलाई सन्तुलित रूपमा यसले कायम राख्न सक्यो । त्यसैले यो पुस्तकले विश्व व्यवस्थाको विकल्पको परिकल्पना गर्छ । यद्यपि सबै विद्वानहरूले माजवादको मुखररूपमा वकालत नगरे पनि तर प्रकारान्तरले अबको विश्व जाने भनेको समाजवादमा हो । र, त्यो समाजवाद भनेको मानवीय अनुहारसहितको समाजवाद हो ।’

पुस्तकको भूमिका लेख्दै विश्लेषक सिके लालले सबैखाले दर्शनको शाश्वत निष्कर्ष र कुनै पनि विचार अन्तिम नहुने भन्दै स्वतन्त्र चिन्तन र अभ्यासबाट अग्रगमनतर्फ बढ्न यो पुस्तक सहायक हुने बताएका छन् ।

बुक-हिल पब्लिकेसनले प्रकाशन गरेको पुस्तकको मूल्य पाँच सय रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment