Comments Add Comment

नेकपाका असन्तुष्ट सांसदलाई मुख्यमन्त्रीको आश्वासन : बुटवललाई वित्तीय राजधानी बनाउँछु

१९ असोज, काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङको भलुवाङलाई प्रशासनिक र बुटवललाई वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।

दाङको भालुवाङ (राप्ती उपत्यका) लाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै १४ सांसदले फरक मत राखेका छन् । संसदीय दलको सोमबार बसेको बैठकमा भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले समेत बुटवलका जनताको भावनालाई सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता पोखरेलले भालुवाङमा संरचनाहरु नबन्दासम्म अस्थायी राजधानी बुटवलमै रहने बताए । साथै बुटवल र लुम्बिनी करिडोरलाई छोएका क्षेत्र समेटेर वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने र भालुवाङलाई प्रशासनकीय राजधानीका रुपमा अगाडि बढाउने उनले बताए ।

‘यसले बुटवलका जनतालाई केही महलपट्टी भएको छ र हामीलाई पनि राहत महसुस भएको छ’ नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालले अनलाइनखबरसँग भने ।

बैठकले सरकारले प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा मतदान गर्न समेत सांसदहरुलाई ह्पीप लगाएका छन् । अब आफूहरुले पार्टीको निर्देशनअनुसार नै सरकारी प्रस्तावको पक्षमा मत राख्ने प्रमुख सचेतक ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment