+
+
Shares

तनहुँमा दशैँ मनाउन घर जाने व्यक्ति अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १९ गते १७:३१
फाइल तस्वीर

१९ असोज, काठमाडौं । तनहुँमा स्वदेश तथा विदेशबाट चाडपर्व मनाउन घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै दशैं तिहार जस्ता चाडपर्व मनाउन आउने व्यक्ति अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालले अनलाइनखबरलाई जानकारी दिए ।

सहायक प्रजिअ बरालले भने, ‘चाडपर्वमा स्वदेश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने कायमै छ । तसर्थ, घर फर्किनेहरुको वडास्तरसम्मै तथ्यांक राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउन स्थानीयस्तरमा गठन भएका अनुगमन समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको छ ।’

पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ लिएर आउने व्यक्तिहरु भने क्वारेन्टिनमा बस्नु नपर्ने सहायक प्रजिअ बरालले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?