Comments Add Comment

तनहुँमा दशैँ मनाउन घर जाने व्यक्ति अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने

फाइल तस्वीर

१९ असोज, काठमाडौं । तनहुँमा स्वदेश तथा विदेशबाट चाडपर्व मनाउन घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै दशैं तिहार जस्ता चाडपर्व मनाउन आउने व्यक्ति अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालले अनलाइनखबरलाई जानकारी दिए ।

सहायक प्रजिअ बरालले भने, ‘चाडपर्वमा स्वदेश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने कायमै छ । तसर्थ, घर फर्किनेहरुको वडास्तरसम्मै तथ्यांक राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउन स्थानीयस्तरमा गठन भएका अनुगमन समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको छ ।’

पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ लिएर आउने व्यक्तिहरु भने क्वारेन्टिनमा बस्नु नपर्ने सहायक प्रजिअ बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment