Comments Add Comment

सुमित्रा र रामको काठे भाकाको गीत

कोरोना सन्त्रासबीच गीत एवं म्युजिक भिडियो सार्वजनिक हुने क्रम जारी छ । कोरोना सन्त्रास फैलिएयता राम्रा राम्रा म्युजिक भिडियो पनि निर्माण भइरहेका छन् । लोक, पप, आधुनिक सबैथरीका गीत धमाधम सार्वजनिक भइरहेका छन् । यसैको सिलसिला हो, सुमित्रा कोइरालाको ‘सुनन मायाले ।’

काठे भाकाकोयो गीत लोकगीतका पारखीका लागि उपयुक्त हुनसक्छ यो । लोक गायिका सुमित्रा कोइराला र राम कुमार नेपालीले यसमा आवाज दिएका छन् । सुमित्राले नै यसको गीत लेखेका हुन्, संगीत पनि उनको हो । संगीत संयोजन भने कृष्ण विकले गरेका छन् ।

गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएका छन् । म्युजिक भिडियोमा लोमश शर्मा, बिनु शाक्य, बबिन ठकुरी, रिना थापामगर आदिले अभिनय गरेका छन् । म्युजिक भिडियोको कोरियोग्राफी एवं निर्देशन प्रकाश भट्टले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment