+
+
Shares

लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १९ गते १९:०५

१९ असोज, वीरगञ्ज । पर्सा प्रहरीले लागूऔषध मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । पटेर्वासुगौली गाउँपालिका–४ बस्ने २२ वर्षीय अनिरुद्ध यादव पक्राउ परेका हुन् ।

लागूऔषध मुद्दामा पर्सा जिल्ला अदालतले २०७१ पुस २ गते उनीविरुद्ध २ वर्ष कैद र २५ हजार जरीवानाको फैसला गरेको थियो ।

गाउँमै लुकीछिपी बसेको जानकारी पाएपछि गएको प्रहरी टोलीले असोज १८ गते पक्राउ गरेको थियो । उनलाई सोमबार अदालतमा पेश गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?