Comments Add Comment

ज्वरो : कोरोनाको कारण मात्र नहुनसक्छ

हाम्रो शरीरको औषत तापक्रम ९८.६ डिग्री हुने गर्छ । जब शरीरको तापक्रम सामान्य अवस्थाबाट माथि बढ्दै जान्छ त्यस्तो अवस्थालाई हामी ज्वरो आएको मान्छौं ।

ज्वरो आफैमा रोग होइन, तर स्वास्थ्यमा कुनैपनि समस्या भएमा देखिने लक्षण हो । कोरोना भाइरसको महामारीको पनि प्रमुख लक्षणको रुपमा ज्वरोलाई नै मानिन्छ ।

कतिपय अवस्थामा बाहिरी तापक्रमका कारण शरीरको तापक्रम बढ्न पुग्दा पनि धेरै मान्छेले कोरोनाको आशंकामा झमेला समेत झेल्नु परेका हुन्छ । तर के हो ज्वरो र कति तापक्रमलाई ज्वरो मान्ने त ?

कति तापमानलाई ज्वरो भनिन्छ ?

–निम्न स्तरको ज्वरोको तापमानको सीमा लगभग १०० डिग्री फरेनहाइटदेखि १०१ डिग्री फरेनहाइटसम्म हुन्छ ।

–वयस्कको लागि मध्यवर्ती स्तर मानिन्छ, जुन १०२ डिग्रीसम्म हुन्छ । यदि शिशुहरू(०–६ महिना)लाई त्यति ज्वरो आयो भने तत्कालै चिकित्सककहाँ लैजानु पर्छ ।

–उच्चस्तरको ज्वरो भनेर १०३ डिग्रीसम्मको ज्वरोलाई मान्ने गरिन्छ । यदि तापमान गम्भीर रुपले बढ्दै गयो भने अर्थात् १०४ डिग्रीभन्दा बढी ज्वरो आयो भने त्यसलाई हाइपरपीरेक्सिया भनिन्छ ।

निम्न या मध्यस्तरको ज्वरोको स्थिति अलगअलग हुने गर्छ । १०४ डिग्री फरेनहाइट या त्योभन्दा बढी ज्वरो आउनु स्वास्थ्यको लागि खतरनाक मान्ने गरिन्छ ।

ज्वरोका प्रकारहरू

ज्वरोलाई ६ प्रकारमा विभाजन गर्ने गरिन्छ । ती निम्नानुसार छन् ।

१ लगातार ज्वरो आउनु –यदि २४ घण्टाभन्दा धेरै समयसम्म निरन्तर ज्वरो आयो र एक डिग्रीभन्दा तलमाथि भएन भने त्यसलाई यो कोटिमा राख्ने गरिन्छ । यस्तो किसिमको ज्वरो लोबर निमोनिया, टाइफाइड जस्ता समस्याको क्रममा हुने गर्छ ।

२ स्वल्पविराम ज्वरो

यो किसिमको ज्वरोमा तापक्रमको उतारचढाव भइरहन्छ । यस्तो किसिमको स्वास्थ्य समस्यामा पूरै दिन शरीरको तापक्रम हेरफेर भइरहन्छ । यस अवधिमा तापमानमा २ डिग्री सेल्सियसभन्दा धेरै फेरबदल हुन्छ ।

३ जाडोको ज्वरो

यो किसिमको ज्वरोमा २४ घण्टामा केवल केही घण्टा मात्रै ज्वरो आउँछ । फेरि दोस्रो दिन केही मात्रामा ज्वरो आउँछ । यस्तो समस्या मलेरिया जस्ता रोग लागेको मान्छेमा धेरै देखिन्छ ।

४ सेप्टिक ज्वरो

एक उच्च तापमान जसमा एन्टिप्यारेटिक्स(ज्वरोको औषधि)ले पनि कुनै असर गर्दैन । कुनै पनि ज्वरोमा यस्तो संकेत देखियो भने यो सेफ्टिक ज्वरोको लक्षण हो भन्दा हुन्छ ।

५. पेल एब्स्टिन

यसप्रकारको ज्वरोको क्रममा शरीरको तापक्रममा पटकपटक बदलाव हुने गर्छ । तापमानमा वृद्धि हुन तीन दिनसम्म लाग्न सक्छ । तीनदिनसम्म तापमान उच्च हुने र अर्काे तीन दिन कम हुने खालको व्यवहार यसमा देख्न सकिन्छ ।

६. कम समयको लागि देखिने ज्वरो

यसमा ज्वरोको पुनरावृत्ति भइरहन्छ । जो केही दिनदेखि केही हप्तासम्म पनि चलिरहन सक्छ । ज्वरोको बीचमा अन्तराल हुन्छ, जसमा कुनै लक्षण देखिँदैन ।

लक्षणहरू

ज्वारोको सामान्य लक्षण निम्नानुसार छन्

–वयस्क बच्चामा १००.४ फरेनहाइट भन्दा अधिक तापमान

–चिसो लाग्नु या शरीर काप्नु

–पटकपटक या अत्यधिक पसिना आउनु

–हृदयको गति तेज हुँदै जानु

–बेहोसी वा चक्कर आउनु वा टाउको दुख्नु

–आँखामा दुखाइ हुनु

–कमजोरी

–भोक कम लाग्नु

–उल्टी आउनु आदि ।

ज्वरोका कारण

ज्वरो त्यतिबेला आउँछ जतिबेला तपाईको मस्तिस्कको एक हिस्साले तपाईंको शरीरको सामान्य तापमान निर्धारित बिन्दुभन्दा माथि लैजान्छ । जब शरीरको तापमान बढ्न जान्छ त्यसपछि शरीरलाई जाडो मससुस हुन्छ । चिसोबाट बच्न तपाईंले धेरै कपडा ओढ्दा पनि तपाईंमा कम्पन उत्पन्न हुन्छ । जसले गर्दा तपाईंको शरीरमा तापक्रम बढ्न जान्छ ।

मान्छेको शरीरको तापमान दिनभरि नै बदलिइरहेको हुन्छ । जस्तो बिहानको समयमा तापक्रम कम हुन्छ भने दिउँसो र साँझको समयमा तापक्रम बढ्ने गर्छ । शरीरको तापक्रम बढ्ने कारणहरू निम्नानुसार छन् ।

–भाइरसको संक्रमण

–जीवाणुको संक्रमण

–गर्मीका कारण धेरै थकानको महसुस

–एक घातक ट्युमर

–केही औषधि, जस्तो कि एन्टिवायोटिक्स वा अन्य औषधि जसले उच्च रक्तचाप आदिको उपचारमा मद्धत गर्छ ।

कसरी जोगिने ?

ज्वरोबाट जोगिनको लागि तल उल्लेखित उपायहरू अपनाउन सकिन्छ ।

–आफू नियमित हात धुने बानी बसालौं र बच्चालाई पनि यही बानी बसालौं । अझ विशेषतः खाना खानुभन्दा पहिले

–आफ्नो बच्चालाई राम्रोसँग हात धुन सिकाउनुहोस् । हातको अघिल्लो र पछिल्लो हिस्सामा साबुन पानीले राम्रोसँग धुनुपर्छ ।

–हेण्ड सेनिटाइजर सधैं आफ्नो साथमा नै राख्नुहोस् ।

–आफ्नो नाक मुख या आँखालाई छुनबाट बच्नुहोस् । किनकि भाइरस र ब्याक्टेरिया तपाईंको शरीरमा प्रवेश गरेर संक्रमणको कारण बन्न सक्छ ।

–आफ्नो बच्चाको साथमा कप, पानीको बोतल वा भाँडाकुँडा प्रयोग गर्नबाट बचौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment