+
+
Shares

दशैंअघि नै प्याजको प्रतिबन्ध खोल्न भारतसँग पहल

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २० गते १२:३०

२० असोज, काठमाडौं । मुख्य चाडपर्वको मुखमा बजारमा प्याजको हाहाकार भएपछि सरकारले भारतसँग छलफल थालेको छ । प्याजमा लगाइएको बन्देज खोल्न चाडपर्व अघि नै खुलाउन अनौपचारिक छलफल भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपालका लागि चाडपर्वको मुखमा प्याजको सहजीकरण गरिदिन छलफल भई रहेको वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले बताए ।

‘हामी अनौपचारिक छलफलमा छौँ, यही चरणमा केही सहमति बने औपचारिक प्रक्रिया अघि बढ्छ,’ वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले भने । प्याजको आयात खुलाउन वाणिज्य मन्त्री र सरकारका अन्य निकायबाट पनि अनौपचारिक सम्बाद जारी रहेको सचिव अर्यालले बताए ।

अनौपचारिक सम्बादमा भारतीय अधिकारीहरुले आफ्नै समस्याहरु बताउने गरेको उनले सुनाए । प्याज सहज हुनुपर्छ भनेर मन्त्रालय गम्भीर ढंगले अगाडि बढेपनि सहमतिको निश्चित आकार भने बनिनसकेको मन्त्रालयले जनाएको छ ।

आफ्नो मुलुकमा अभाव भएको भन्दै भारतले गत भदौ २९ गतेदेखि प्याजको निर्यातमा रोक लगाएको छ । सुकेको प्याजका लागि भारतमा निर्भर नेपाली बजारमा अहिले प्याजको हाहाकार छ ।

भारतीय प्रतिबन्ध अघि बजारमा प्रतिकिलो ४५ रुपैयाँमा किनबेच हुने प्याजको भाउ अहिले एक सय ५० रुपैयाँ भन्दा माथि पुगेको छ । मुख्य चाडपर्वमा प्याजको माग अत्याधिक भएपनि बजारमा प्याज भने पाउनै छोडेको उपभोक्ताले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?