+
+
Shares

थुनामुक्त गराइदिने भन्दै रकम असुली गर्ने नक्कली डीएसपी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २० गते १३:१८

२० असोज, जनकपुरधाम । पछिल्लाे समय बलात्कारको घट्ना हवात्तै बढेको छ । बलात्कारको आरोप लागेका केही व्यक्तिहरु पक्राउ परेका छन् भने कतिपयलाई गाउँलेले नै उन्मुक्ति दिइरहेको पाइएको छ । केही बलात्कारीले पीडितलाई प्रलोभन र दबाव दिइरहेका घट्ना पनि बारम्बार सार्वजनिक हुन थालेको छ । यही बीचमा पक्राउ परेका बलात्कारीलाई रिहा गराइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पनि देखापरेका छन् ।

बलात्कार आरोपमा पक्राउ परी पूर्पक्षका लागि सिराहा कारागारको थुनामा रहेका सिराहाकै बरियारपट्टी गाउँपालिका-४ का २३ वर्षीय शिवकुमार साहलाई रिहा गराइदिने नाममा ठगी गर्ने व्यक्ति समातिएका छन् ।

प्रहरीका अनुसार साहलाई रिहा गराइदिने नाममा शिवका भाई मुकेशसँग रु ३५ हजार लिने अर्नामा गाउँपालिकाका मोहम्द जाबीरलाई पक्राउ गरिएको छ ।

सिराहा प्रहरीका प्रबक्ता शालिग्राम पौडेलले ३० बर्षीय जाबिरले आफू नेपाल प्रहरीको डीएसपी हुँ र मुद्दा फाँटमा काम गरिरहेकोले बलात्कार आरोपीलाई छुटाइदिने आश्वासन दिएर रकम लिएको पाइएको छ ।

‘बलात्कार आरोपीलाई छुटाइदिने भन्दै झुठो प्रलोभन देखाएर पीडक परिवारसँग ३५ हजार रुपैयाँ लिएको पाइएपछि जाबिरलाई गत असोज १८ गते नियन्त्रणमा लिएका हौं’ पौडेलले भने, “उनलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा लिई ठगी शिर्षकमा मुद्दा चलाइएको छ ।”

उनीबारे थप अनुसन्धान भइरहेको पौडेलले बताए ।

सिराहाका बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा गत असोज १६ गते मात्रै एकजना बलात्कारी आरोपीलाई ५/५ लाखको २ वटा तमसुक बनाएर उन्मुक्ति दिने गरी पञ्चायतीमा निर्णय गरिएको थियो । यो जानकारी पाएपछि प्रहरीले बलात्कार आरोपी र अन्य ८ जना पञ्चलाई नियन्त्रणमा लिइसकेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?