Comments Add Comment

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप एकजना अभियुक्त पक्राउ

२० असोज, काठमाडौं । कृषि विकास बैंक ह्याकिङमा प्रकरणामा फरार भएका थप एकजना व्यक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तराखण्ड चम्पावत जिल्ला वनबासका ५५ वर्षीय सुशील गर्ग रहेका छ् ।

गर्गलाई अपराध महाशाखा काठमाडौं र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त प्रहरी टोलीले सोमबार कञ्चनपुरको गड्डाचौकीबाट नियन्त्रणमा लिएको हो ।

सुशीललाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

गर्गको पनि कृषि विकास बैंकमा भएको ह्याकिङ प्रकरणमा विभिन्न व्यक्तिहरुको खातामा रकमान्तर गरी भुक्तानी गर्ने कार्यमा संलग्नता रहेको प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment