+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

डा. केसीको जीवन रक्षाका लागि १५ जना नागरिक अगुवाको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २० गते १५:३७

२० असोज, काठमाडौं । अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न १५ जना नागरिक अगुवाले सरकारसँग अपिल गरेका छन् ।

चिकित्सा शिक्षा सुधारका लागि भन्दै विगत २३ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनीहरुले मंगलबार एक विज्ञप्ति जारी गर्दै उनको मागलाई अविलम्ब सम्बोधन गर्न र जीवन रक्षाका लागि अपिल गरेका हुन् ।

डा. केसीका मागप्रति सरकार पूर्णतः उदासीन रहेको भन्दै नागरिक अगुवाहरु डा. पिताम्वर शर्मा, डा. कैलाशनाथ प्याकुरेल, डा. महेश मास्के, डा. अरुणा उप्रेती, नारायण ढकाल, बिमल निभा, डा. सुरेश ढकाल, डा. सरोज धिताल, सरिता तिवारी, धनकुमारी सुनार, कोमल भट्टराई, सुदिप श्रेष्ठ, सोमत घिमिरे, प्रकाश राई र हरि रोकाले उनको जायज मागप्रति ऐक्यबद्धता समेत जाहेर गरेका छन् ।

सरकारले डा. केसीको मागप्रति बेवास्ता गरी आफ्नो अकर्ममण्यता प्रदर्शन गरी लोकतन्त्रमा रहनुपर्ने संवादको सस्कृति र आफ्नै चुनावी घोषणापत्रप्रति समेत बेइमानी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?