
२० असोज,काठमाडौं । महाराजगञ्जको जोडियाक गोदाममा प्रहरीले छापा हानेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको संयुक्त टोलीले छापा हानी ठूलो मात्रामा सामान बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठोरका अनुसार गोदाम सञ्चालकसहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सञ्चालक जितेन्द्रकुमार लोइया, लेखापाल मुकेश रौनियार र अर्का कर्मचारी अनिल मगर रहेका छन् । उनीहरुलाई कालो बजारी ऐनअनुसार मुद्दा चलाइने एसपी राठोरले जानकारी दिए ।
गोदामबाट बिष्कुट, तेल, डाइपर टिस्यु पेपरलगायत ३ करोड बराबरको म्याद गुज्रेको सामना पनि बरामद भएको छ । गोदामबाट उनीहरुले नयाँ प्याकेटमा पुरानो म्याद सकिएका सामान बाहिर पठाउने गरेको प्रहरीको भनाइ छ ।
केही दिन अगाडि पनि प्रहरीले कलंकीस्थित गोदाममा छापा हानी ठूलो परिमाणमा सामान बरामद गरेको थियो ।
प्रतिक्रिया 4