Comments Add Comment

प्रहरी र प्रशासनलाई वाणिज्यको पत्र-कालोबजारी गर्नेलाई आफैं मुद्दा चलाऊ

२० असोज, काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद सकिएको वस्तुमा पुनः मिति राख्ने तथा उपभोक्ता ठगीमा संलग्न अपराधमा पक्राउ परेकालाई आफैं मुद्दा चलाउन जिल्ला प्रशासन र प्रहरीलाई भनेको छ । विभागले उपभोक्ता संरक्षण ऐन अन्तरगत कारवाही गर्ने अधिकार पनि प्रहरी र प्रशासनलाई प्रत्यायोजन गरेको छ ।

प्रहरी वा जिल्ला प्रशासनले समातेका अपराधमा संलग्नलाई पहिले आफूले सक्ने कानून प्रयोग गर्न आग्रह गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले बताए । प्रहरीले उपभोक्ता संरक्षण ऐन अन्तरगत कारवाही गर्न नचाहे विभागमा बुझाउन पनि पत्रमा भनिएको छ ।

कालोबजारी, गठी, किर्ते जस्ता अपराधमा जिल्ला प्रशासन र प्रहरीले सिधै मुद्दा चलाउने र ति अपराधमा संलग्नलाई उपभोक्ता संरक्षण ऐन अन्तरगत पनि कारवाही गर्न विभागमा बुझाउन सक्ने आचार्यले बताए ।  अपराधमा संलग्नलाई हदैसम्मको कारवाही गर्न विभागले यस्तो कदम चालेको उनको दावी छ ।

‘हामीले सबै निकायलाई परिपत्र गरिसकेका छौं, अब ति निकायले आफ्नो कानूनी क्षेत्राधिकारभित्र रहेर कारवाही थाल्ने छन्, हामी पनि थप कारवाही गर्छौं’ सूचना अधिकारी आचार्यले भने ।

असोज १५ गते कलंकी र बाफल तथा १८ गते पुनः कलंकीमा प्रहरीले हानेको छापामा पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालय काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाले मुद्दा नचलाई विभागमा बुझाएपछि विभागले यस्तो निर्णय गरेको विभागका एक अधिकारीले अनलाईनखबरलाई बताए ।

‘आफ्नो कार्यक्षेत्रको कानून आर्कषित हुने घटनामा पनि शक्ति केन्द्रको दबाव छल्न प्रहरी र जिल्ला प्रशासनले मुद्दा वाणिज्यमा बुझाएको पाइयो, उनीहरु पन्छिन पाउँदैनन्, त्यसैले अधिकार प्रत्यायोजन गरिएको हो’ ती अधिकारीले भने ।

बेकरी मुद्दा पनि वाणिज्यमा

म्याद सकिएको केक र बेकरीका कच्चा पदार्थमा नयाँ मिति राखेर बिक्री गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले वाणिज्य विभागको जिम्मा लगाएको छ ।

बेकरीको झण्डै १४ सय आइटममा नयाँ मिति राख्दै बजारमा पठाइने गरेको अभियोगमा आइतबार कलंकीस्थित एयसटी प्रालिबाट चार जना पक्राउ परेका थिए ।

चारै जनालाई हिरासतमा पठाएर थप अध्ययन भइरहेको विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले बताए ।

‘प्रहरीले सोमबार हामीलाई मद्दा बुझाएको छ, पक्राउ परेका सबैजना जना कर्मचारीहरु हुन्, मालिकलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेका छौँ,’ सूचना अधिकारी आचार्यले भने । र्फम सञ्चालकको विवरण फेला पारिसकिएको र पक्राउका लागि प्रहरीसँग समन्वय भइरहेको उनले बताए ।

कलंकी र बाफलबाट भिन्दैभिन्दै प्रकरणमा प्रकाउ परेका ८ जनालाई थप अनुसन्धानका लागि हिरासतमा पठाइएको विभागले जनाएको छ ।

कुल पक्राउ परेका १५ मध्ये ६ जना कामदारलाई सामान्य तारेखमा, एक जना सञ्चालकलाई एक करोड धरौटीमा छोडिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment