Comments Add Comment

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

२० असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १० जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरका ३, काठमाडौंका २ तथा चितवन, नवलपुर र सुनसरीका एकएक जनाको मृत्यु भएको छ । यस्तै मोरङका २ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

  • कुम्भेश्वर-११, ललितपुरका ५५ वर्षीया महिलाको सोमबार अल्का अस्पतालमा मृत्यु भएको छ, रक्त अल्पत्ता, निमोनिया र मिर्गौलासम्बन्धी समस्याबाट पीडित उनी १३ असोजमा अस्पताल भर्ना भएकी थिइन् भने १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • गोदावरी-५, ललितपुरका ६१ वर्षीय पुरुषको आइतबार सुमेरु अस्पतालमा मृत्यु भएको छ । दम, मधुमेह र उच्च रक्तचापबाट पीडित उनी १० गते अस्पताल भर्ना भएका थिए ।
  • आनन्दवन अस्पतालमा मृत्यु भएका गोदावरी-११, ललितपुरका ७५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । दमका बिरामी उनी १५ असोजमा अस्पताल भर्ना भएका थिए र उपचारका क्रममा त्यही दिन मृत्यु भएको थियो ।
  • जोरपाटी-६, काठमाडौंकी ५९ वर्षीय महिलाको मंगलबार काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । रक्त अल्पत्ताबाट पीडित उनी सेप्टिक शक भएर १४ गते अस्पताल भर्ना भएकी थिइन् भने १५ गतेसंक्रमण पुष्टि भएको थियो ।
  • खुसिबु, काठमाडौंकी ६० वर्षीया महिलाको सोमबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । मुटु, मधुमेह र उच्च रक्ततापको समस्याबाट पीडित उनी १७ गते अस्पताल भर्ना भएकी थिइन् भने १८ गते संक्रमण देखिएको थियो ।
  • भरतपुर महानगरपालिका-३, चितवनका ७० वर्षीय पुरुषको मृत्यु भएको छ । १५ असोजमा पुष्टि भएका उनलाई सोमबार ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएपछि भरतपुर अस्पताल लगिएको थियो र सोमबार नै उनको मृत्यु भएको छ ।
  • कावासोती नगरपालिका-५, नवलपुरका ७७ वर्षीय पुरुषको मंगलबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । निमोनिया र श्वासप्रश्वासको समस्या लिएर १६ असोजमा अस्पवताल भर्ना भएका उनलाई १८ गते संक्रमण पुष्टि भएको थियो ।
  • धरान उपमहानगरपालिका-३, सुनसरीका ६४ वर्षीय पुरुषको मंगलबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मधुमेह र मुटु सम्बन्धी रोगबाट पीडित उनलाई कोरोना संक्रमण भएको १२ असोजमा पुष्टि भएको थियो ।
  • कानेपोखरी गाउँपालिका-६ मोरङका ५० वर्षीय पुरुषको मंगलबार नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । ब्लड क्यान्सरका बिरामी उनी ज्वरो आउपछि सोमबार अस्पताल भर्ना भएका थिए ।
  • सुन्दर हरैंचा नगरपालिका-४, मोरङका ४५ वर्षीय पुरुषको मंगलबार नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । मधुमेहका विरामी उनलाई ६ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment