+
+
Shares

मर्मत गर्ने क्रममा अचानक गाडी गुड्दा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २१ गते १३:३२

२१ असोज, काठमाडौं । ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडा टाकुरचेस्थित सडकमा गाडी मर्मत गर्ने क्रममा अचानक गुड्न पुग्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दक्षिणकाली मोटर वर्कसपमा कार्यरत ललितपुर चापागाउँ बस्ने झापा घर भएका ३० वर्षीय सूर्य लिम्बु रहेका छन् ।

मर्मत गर्ने क्रममा बा.२ क ५९९८ नम्बरको टिपर अचानक गुड्न पुग्दा गाडीको चक्काले किचेर उनी गम्भीर घाइते भएका थिए । घाइते लिम्बुलाई उपचारका लागि बीएण्डबी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर र चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?