+
+
Shares

नेकपा नेता बरालमाथि हातपात

हरि अधिकारी हरि अधिकारी
२०७७ असोज २१ गते १३:०१
मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बराल र प्रमुख कार्यकारी अधिकृत विनोद अर्याल ।

२१ असोज, विराटनगर । मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गुरु बरालमाथि हातपात भएको छ ।

उर्लाबारी नगरपालिका–३ मंगलबारेमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानका लेखा तथा प्रशासन प्रमुख मुक्तिनाथ दाहालको शव सोमबार झापाको दमकस्थित बहुप्राविधिक शिक्षालयमा झुन्डिएको अवस्थामा भेटिएको थियो । आफन्त र छिमेकीले भने मुक्तिनाथलाई आत्महत्या गर्न बाध्य बनाएको दाबी गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत विनोद अर्यालले खाली चेकमा हस्ताक्षर गर्न लगाएर आत्महत्या गर्न बाध्य बनाएको प्रतिष्ठानको सदस्य विद्या चाम्लिङले समेत बताइन् । ‘प्रमुख कार्यकारी अधिकृतले कर्मचारीलाई गर्ने व्यवहार राम्रो थिएन, हामीले प्रश्न उठाउँदा अध्यक्षले (गुरु बराल) सधैं संरक्षण गर्नु भयो’ उनले भनिन्, ‘केही दिनअघि अर्यालले खाली चेकमा हस्ताक्षर गर्न लगाएर टर्चर दिएका थिए ।’

अर्यालले खाली चेकमा हस्ताक्षर गर्न लगाएपछि आफू तनावमा परेको दाहालले सुनाएको उनले बताइन् । ‘मर्नु न बाँच्नु बनाए भन्दै दाहालले म सँग कुरा गर्नुभयो’ उनले भनिन् ‘हरेश नखानु हामी छौं भन्दै सम्झाए, तर यस्तो घटना भयो ।’

अर्यालले दिएको मानसिक तनावका कारण दाहालले आत्महत्याको बाटो रोजेको दाबी आफन्तको छ ।

बरालमाथि हातपात

मंगलबार प्रतिष्ठानका अध्यक्ष बरालसहितका नेकपाका नेताहरु मंगलबार मुक्तिनाथको घर पुगेका थिए । तर अर्याललाई संरक्षण गरेको भन्दै आक्रोशित भिडलाई बरालमाथि हातपात गरेको छ । बराललाई प्रहरीले उद्धार गरेको थियो ।

आक्रोशित स्थानीयलाई प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेकपाका केन्द्रीय सदस्यहरु महेश रेग्मी, विनोद ढकाल, मोरङ अध्यक्ष ऋषिकेश पोखरेललगायतले सम्झाउन खोजेका थिए । घटनाको छानविन गर्ने मौखिक आश्वासन दिए । तर नेताको विश्वास नहुने भन्दै उनीहरुले कुरा सुनेनन् ।

माइन्यूट गरेपछि मात्रै स्थानीय शान्त भएका थिए ।

नौ बुँदे सहमति

प्रतिष्ठान र दाहाल परिवारबीच नौबुँदे सहमति भएको छ । यससँगै परिवारले शव बुझेको छ ।

मृतकका छोराहरुको शिक्षादीक्षाको जिम्मा प्रतिष्ठानले लिने, प्रतिष्ठानमै जागिरे रहेकी श्रीमती शान्तालाई बढुवा गर्ने, घटनामा दोषी देखिएकालाई कानुन अनुसार कारबाहीका लागि पहल गर्ने, दुरुत्साहन आरोप लागेका अर्याललाई तत्काल निलम्बन गरेर जिम्मेवारीबाट हटाउने सहमति भएको छ । २०५२ सालमा स्थापना भएको प्रतिष्ठानमा सुरुदेखि कार्यरत दाहालका श्रीमती र दुई छोरा छन् ।

प्रहरीले छानबिन गरोस् : अर्याल

दुरुत्साहन आरोप लागेका अर्यालले आफू माथि लागेको आरोप निराधार भएको बताएका छन् ।

दाहाल आफ्नो नजिकमा रहेर काम गर्ने व्यक्ति भएको भन्दै भने, ‘ममाथि आरोप लगाएर लास माथिको राजनीति हुँदैछ, प्रहरीले निष्पक्ष छानबिन गरिदियोस् ।’

अर्याललाई भने मोरङ प्रहरीले नियन्त्रणमा लिएको थियो । तर किटानी जाहेरी नपरेपछि छाडेको छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?