+
+
Shares

विशेष महाधिवेशनले लोकतन्त्र र राष्ट्रियतामा समेत कालो बादल मडार्‍यो : गुरु बराल

नेपाली कांग्रेसका नेता गुरु बरालले विशेष महाधिवेशनले कांग्रेसको मात्र नभई लोकतन्त्र र राष्ट्रियतामा पनि कालो बादल मडारेको टिप्पणी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १६:१२

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु बरालले विशेष महाधिवेशनले कांग्रेसको मात्र नभई लोकतन्त्र र राष्ट्रियतामा पनि कालो बादल मडारेको टिप्पणी गरेका छन् । शुक्रबार कांग्रेस संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘आजभन्दा ठीक ११ महिना अगाडि नेपालको राजनीतिमा कालो बादल मडारियो । त्यो बादलको लपेटामा नेपाली कांग्रेसका केही साथीहरू पर्नुभयो,’ नेता बरालले भने, ‘सार्थीहरू संयमित हुनहोस् । साथीहरू फर्किनुहोस्, साथीहरू आत्मालोचना र आत्मसमीक्षा गर्नुहोस् ।’

विशेष महाधिवेशनले पार्टीलाई मात्र धरासायी बनाएको उनले बताए । उनले भने, ‘विशेष महाधिवेशनले यो देशको लोकतन्त्र र राष्ट्रियतामाथि पनि कालो बादल मडारेको छ । त्यसैले सर्वोच्च अदालतलेले यसलाई रिभ्यु गरेको छ ।’

उनले पार्टी, राष्ट्र र लोकतन्त्रका लागि शेरबहादुर देउवा नेतृत्वको छाताभित्र आउन गगन थापा र विश्वप्रकाश शर्मालाई आग्रह गरे ।

अहिलेको अवस्थामा कांग्रेस र कांग्रेसभित्रको एकताले मात्रै देशको अवस्था सुधार नआउने उनले बताए । यसका लागि देशकै सम्पूर्ण एकता आवश्यक रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?