Comments Add Comment

इरानमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

फाइल तस्वीर

२१ असोज, काठमाडौं । इरानमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) बाट २३९ जनाको मृत्यु भएको छ । इरानमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । बुधबार इरानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यससँगै इरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार ६५८ पुगेको छ ।

मध्यपूर्वमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको इरानमा पछिल्लो २४ घण्टामा मात्र इरानमा चार हजार १९ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै इरानमा समग्र संक्रमितको संख्या पनि चार लाख ८३ हजार ८४४ पुगेको छ ।

यसअघि मंगलबार इरानमा चार हजार एक सयभन्दा धेरै नयाँ संक्रमित फेला परेका थिए । उक्त संख्या एकैदिनमा थपिएका सबैभन्दा धेरे नयाँ संक्रमितको संख्या हो ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment