
२१ असोज, काठमाडौं । दाङमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका-१५ की ३५ वर्षीया महिलाको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा बुधबार दिउँसो ३ बजे मृत्यु भएको हो ।
यही असोज १८ गते नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही दिन राति ११ : ४५ बजे भेरी अस्पताल भर्ना गरिएको थियो ।
कोरोना संक्रमितका लागि गरिने सबै प्रकारको उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार नभएपछि मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेजे जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4