Comments Add Comment

कोरोनाले घटाउँदैछ पुरुषको प्रजनन क्षमता, अण्डकोषमा समेत क्षति हुने

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट गम्भीर रुपमा बिरामी भएको पुरुषको प्रजनन क्षमता घट्नसक्ने एक अध्ययनले निष्कर्ष निकालेको छ ।

इजरायलका डाक्टरहरुले कोरोना संक्रमित बिरामीहरुमा गरेको अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको हो ।

इजरायलस्थित शेबा मेडिकल केन्द्रका डाक्टर डेन एडेरको नेतृत्वमा कोरोना संक्रमित पुरुषहरुमाथि अनुसन्धान गरिएको थियो ।

त्यसक्रममा संक्रमित पुरुषहरुको जाँचका क्रममा उनीहरुकोे शुक्रकिटसमेत कोरोना भाइरसबाट संक्रमित हुने र त्यसले पुरुषको प्रजनन क्षमतामा गिरावट ल्याउने तथ्य पत्ता लागेको हो ।

डाक्टर डेन एडेरका अनुसार कोरोना भाइरसका कारण पुरुषमा शुक्रकिटको मात्रा आधाले घट्न सक्दछ ।

साथै कोरोना भाइरस संक्रमणले पुरुषमा शुक्रकिटको गुणस्तरमा पनि असर पार्ने शोधकर्ता डाक्टर डेनको भनाइ छ ।

उनका अनुसार कोरोना भाइरसले पुरुषका अण्डकोषका दुईवटा विशेष कोषलाई समेत नष्ट गर्न सक्दछ ।

भाइरसले नष्ट गरेको अण्डकोषका कोशिकाहरु पछि आफैं ठीक हुने–नहुने भन्ने बारेमा थप अध्ययनको आवश्यकता देखिएको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment