Comments Add Comment

माछापुच्छ्रे बैंक र होटल अकामा तथा होटल मुनलाईटबीच छुट्टाछुट्टै सम्झौता

माछापुच्छ्रे बैंक र होटल अकामा तथा होटल मुनलाईट काठमाडौँबीच छुट्टै–छुट्टै मितिमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५% छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/के्रडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न सक्नेछन् ।

नगद कारोबारबाट हुने जोखिम कम गर्न, डिजिटल कारोबारलाई प्राथमिकता दिन तथा ग्राहकलाई सहुलियत प्रदान गर्नको लागि बैंकले बिभिन्न संघसंस्था तथा व्यापारिक प्रतिष्ठानसंग सम्झौता गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment