Comments Add Comment

जापानी खाना ‘बेन्तो’ नेपाली बजारमा

होक्काइदो रामन हाउसले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा जापानी खाना “बेन्तो” नेपाली बजारमा ल्याएको छ । भाटभटेनी सुपरमार्केटमा बिक्री गर्न ‘बेन्तो’ जापानमा तालिम प्राप्त अनुभवी सेफले जापानको निगरानीमा तयार गरिएको कम्पनीले बताएको छ ।

‘तरकारीहरू आफ्नै बारीमा फलाउँछौं र अरू सामाग्रीहरू पनि जापानमा तालिम प्राप्त हाम्रा स्टाफहरूले विशेष ध्यान पुर्‍याइ छानेका हुनेछन्,’ कम्पनीले भनेको छ,’हाम्रो बेन्तो हाम्रो आफ्नै सेन्ट्रल किचेनमा सावधानिपूर्वक तयार गरिन्छ ।’

बेन्तो हाललाइ अहिले विभिन्न किसिमका हुनेछन् । र, भाटभटेनी सुपर मार्केट पहिलो स्टोर (नक्साल भाटभटेनी) मा उपलब्ध हुनेछ ।

बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट संचालन गरि काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका अन्य शहरी क्षेत्रमा बिक्री बढाउँदै जाने होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले बताए ।

‘हामीले जापानी खाद्य संंस्कृतिको चिनारी गर्दै हाम्रा ग्राहकहरूलाई स्वादमा सन्तुष्टि र स्वास्थ्यको विशेष ख्याल राख्दै जापानी खानाको सौन्दर्यलाई कायम राख्नेछौं, कम्पनीले भनेको छ,’हामी भाटभटेनी सुपरमार्केटको साथै हातेमालो गर्दै बजारमा आइसकेका छौं बेन्तोको साथ, लन्च, डिनर वा स्न्याक्सलाई तपाईंहरूलाई साथ दिन्छौं ।’
“बेन्तो” भन्नाले एकजनालाई पुग्ने खाना पसल र रेष्टुँराबाट “टेक आउट” अथवा घरमै बनाइएको पनि बाहिर बोकेर जान मिल्ने खाना भन्ने बुझिन्छ । यसको शुरूवात जापानमा भएको हो । बेन्तोमा प्राय भात, नुडल, माछा, मासु , पकाइएको तरकारी र अचार बनाइएको तरकारीहरू समावेश गरिएको हुन्छ ।

होक्काइडो रामेन हाउसले नेपाल र जापानबीचको खाद्य संस्कृतिको सेतु बन्ने उद्देश्य राखेको छ । जापानको होक्काइडोको धेरै ठाउँमा ‘विस्तारै बिस्तारै’ भन्ने नेपाली रेष्टुँरा चलाइरहेको छ ।

‘हामीलाई लाग्छ बेन्तो संस्कृति आजको नेपालको लागि समय सान्दर्भिक छ । किनभने हामीहरू शहरी जीवनमा धेरै व्यस्त हुन थालिसकेका छौ,’ कम्पनी भन्छ,’ हामी स्वास्थ्यप्रति धेरै सचेत भइसकेको छौं र विदेशी परिकार विशेषतः जापानी परिकारप्रति आकषिर्त भइरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment