Comments Add Comment

चितवन र धुलिखेलमा २ संक्रमितको मृत्यु

२५ असोज, काठमाडौं । चितवन मेडिकल कलेज र धुलिखेल अस्पतालमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा नं. १ निवासी ७५ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

उनी दम, उच्च रक्तचाप र निमोनियासम्बन्धी समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी थिइन् । उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भइरहेको बेला आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै चितवन जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

यसैगरी काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा १० दिनदेखि उपचाररत ५२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । उनी जन्डिसकोसमेत बिरामी थिए ।

योसँगै काभ्रे जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको र ३ सय बढी सक्रिय संक्रमित रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment