Comments Add Comment

पूर्वप्रधानन्यायाधीश रायमाझीको संस्मरण प्रकाशित

काठमाडौं । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीको संस्मरणात्मक कृति ‘न्यायपालिकामा चार दशक: मेरा सम्झना’ आइतबारदेखि बजारमा आएको छ ।

न्यायपालिकामा चार दशक बिताएका रायमाझी २०६६ वैशाख २५ देखि २०६६ माघ २८ सम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएका थिए ।

‘मेरा अनुभव खुला रुपमा मैले पुस्तकमा राखिसकेको छु । अब यो सार्वजनिक सम्पत्ति भएको छ र आफ्ना प्रतिक्रिया जनाउन सबै स्वतन्त्र हुनुहुन्छ,’ लेखक रायमाझीको भनाइ छ, ‘न्याय क्षेत्रमा प्रवेश गर्न चाहने नयाँ पिँढीले पढिदिए मलाई विशेष खुसी हुनेछ ।’

न्याय सेवाको अधिकृत र जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदासम्मका चार दशकमा लेखकले भोगेका रोचक घटनाक्रम यसमा समेटिएका छन् । न्याय र कानुन सामान्यतः रुखो विषय मान्नेहरुले पनि घटना र प्रस्तुति शैलीका कारण आख्यानको स्वाद पाउनेछन् ।

राजनीति र न्यायबीचको संघर्षका विविध आयाम छन् । न्यायालयभित्र र बाहिरका पात्र तथा प्रवृत्ति चिन्न यसले सघाउँछ । न्यायको रक्षाका खातिर एक कर्मठ न्यायकर्मीले गर्नुपर्ने साहस र त्यागका दृष्टान्त छन् ।

संविधान निर्माण, राजा ज्ञानेन्द्रद्वारा गठित भ्रष्टाचार नियन्त्रण शाही आयोग विघटनको फैसलालगायत नेपालको राजनीतिका महत्त्वपूर्ण घटनासँग जोडिएका रायमाझीको यो अनुभव राजनीतिक इतिहासको पनि अभिन्न अंग बन्न सहायक हुनेछ ।

सांग्रीला बुक्सले प्रकाशन गरेको पुस्तकमा १४ भागमा छन् भने मूल्य ६ सय ६६ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment