Comments Add Comment

सुनसरीमा ट्रक पल्टिँदा एकजनाको मृत्यु, एकजना घाइते

२६ असोज, काठमाडौं । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-१ खोनिया पुलस्थित सडकमा ट्रक पल्टिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

आइतबार राति ना.५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिँदा पहिचान खुल्न नसकेकी ट्रकमा सवार करिब ३८ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ट्रक चालक सुनसरी लालपुर-४ बस्ने ३२ वर्षीय अनुप चौधरीको जिल्ला अस्पताल हुँदै थप उपचारको लागि विराटनगर न्यूरो अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment