Comments Add Comment

आईपीएलमा सट्टेबाजी गरेको आरोपमा ७ जना पक्राउ

२६ असोज, काठमाडौं । प्रहरीले काठमाडौंको कालीमाटीबाट इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजी गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका कुलदीप शरण, सन्जिव शरण, ३८ वर्षीय अजय गौतम, ४६ वर्षीय नविन जैन, काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने ५१ वर्षीय उत्तम सापकोटा, प्रदिप घिमिरे र काठमाडौं महानगर-१३ सोल्टिमोड बस्ने ५५ वर्षीय अनिल कुमार बमसल रहेका छन् ।

आईपीएल क्रिकेटमा सट्टेबाजी भइरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले कुलदीपलाई कालीमाटीबाट आइतबार नियन्त्रणमा लिएको थियो । कुलदीपकै बयानका आधारमा अन्य ६ जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुलदीप कमलपोखरीस्थित होटल कोनार्क इनको कोठा नं. १०५ मा बस्ने गरेको पाइएको छ ।

प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार उनीहरुको साथबाट २ वटा सवारी साधन र १ लाख ८५ हजार १२० नेरु बरामद भएको छ ।

पक्राउ परेका सातै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment