+
+
Shares

रूपन्देहीकी काेराेना संक्रमित महिलाको चितवनमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २६ गते १८:३९

२६ असाेज, चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत रूपन्देहीकी एकजना कोरोना संकमित महिलाको सोमबार मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका –१५ की ३५ वर्षीया महिलाको सोमबार दिउँसो ४ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएकी ती महिला असोज २१ गते अस्पताल भर्ना भएकी थिइन् । असोज २० गते लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएको थियो ।

कोभिड कक्षको भेन्टिलेटरमा राखेर उनलाई उपचार गरिएको भएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?