Comments Add Comment

‘हर्ड इम्युनिटी’को अवधारणा नीतिसंगत छैन : डब्ल्यूएचओ

२७ असोज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हर्ड इम्युनिटीबाट कोरोना भाइरस (कोभिड–१९) आफैं नियन्त्रणमा आउँछ भन्ने अवधारणा उचित नरहेको बताएको छ । हर्ड इम्युनिटी समाजका अधिकांश मानिसमा रोगविरुद्धको प्रतिरोधी क्षमताको विकास हुने अवस्था हो । खोप वा प्राकृतिकरुपमा रोग फैलिएर अधिकांश मानिसमा रोग फैलिएर हर्ड इम्युनिटीको विकास हुन सक्छ । केही मानिसहरुले खोप नआउँदासम्म यो रोगलाई प्राकृतिकरुपमा फैलिएर हर्ड इम्युनिटीको विकास हुन दिनुपर्ने बताएका छन् । तर, डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस अधानम गेब्रेयेससले यो अवधारणामा वैज्ञानिक र नैतिक समस्या रहेको बताएका हुन् ।

अहिले विश्वभर तीन करोड ७८ लाखभन्दा धेरै मानिसमा कोरोना संक्रमण देखिइसकेको छ भने १० लाख ८० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । अहिले धेरै खोपहरु निर्माणका क्रममा छन् । जसमध्ये केही खोपको अन्तिम चरणको परीक्षणमा छन् । तर, अहिलेसम्म कुनै पनि खोपले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन ।

सोमबार न्युज कन्फेरेन्समा बोल्दै गेब्रेयेससले अहिलेसम्म कोरोनाको दीर्घकालीन असर र त्यसविरुद्धको प्रतिरोधी क्षमताको समयावधिबारे कुनै जानकारी नभएको बताएका छन् । ‘हर्ड इम्युनिटी मानिसहरुलाई बचाउँदै प्राप्त गर्नुपर्छ, संक्रमित बनाउँदै होइन’, उनले भने । उनले अहिलेसम्म महामारी फैलिन दिएर हर्ड इम्युनिटी हासिल भएको इतिहास नरहेको बताए ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment