Comments Add Comment

रुपन्देहीमा करेन्ट लागेर एकजनाको मृत्यु

२७ असोज, बुटवल । रुपन्देहीमा करेन्ट लागेर मंगलबार एकजनाको मृत्यु् भएको छ । मृत्यु  हुनेमा सियारी गाउँपालिका-१ स्थित नागथानका ४० वर्षीय कृष्णबहादुर केसी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीका अनुसार नहरको पानी तानेर खेतमा सिँचाइ गर्न विद्युतीय मोटर चलाउने क्रममा उनलाई अचानक करेन्ट लागेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डीउसपी खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment