Comments Add Comment

चितवनमा होम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु

२७ असोज, चितवन चितवनमा चितवनमा होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित एक वृद्धाको मंगलबार मृत्यु भएको छ ।

कालिका नगरपालिका वडा नम्बर –१ खुकुरी चोककी ८५ वर्षीया वृद्धाको मंगलबार दिउँसो ३ बजे घरमै नै मृत्यु भएको नगरपालिकाका स्वास्थ्य अधिकृत दीपक भण्डारीले जानकारी दिए ।

उनका अनुसार वृद्धाले असोज २३ गते चितवन मेडिकल कलेजमा स्वाब दिएर घरमै बसेकी थिइन् । असोज २४ गते उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि पनि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन् ।

उनको सम्पर्कमा आएका तीन जनालाई आइसोलेसनमा राखिएको र नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने तयारी भइरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment