Comments Add Comment

एप्पल पनि मिसियो फाइभजीको दौडमा, आईफोनका नयाँ चार मोडल सार्वजनिक

अमेरिकी प्रविधि कम्पनी एप्पलले मंगलबार आफ्नो फाइभजी कनेक्टिभिटीसहितको नयाँ पुस्ताको आईफोन १२ सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकहरुले नयाँ आईफोनलाई रुचाउने विश्वास लिएको छ । मंगलबार कम्पनीले आयोजना गरेको भर्चुअल कार्यक्रममा एप्पलले आईफोन १२ को चार मोडलको घोषणा गरेको हो ।

एप्पलका प्रमुख टिम कुकले भने, ‘हामीले आईफोनमा फाइभजी ल्याएका छौँ । यो आईफोनका लागि एक नयाँ युगको शुरुवात हो ।’

एप्पलले मंगलबार सार्वजनिक गरेको चार मोडलमा आईफोन १२ (६४, १२८, २५६ जीबी स्टोरेज), आईफोन १२ मिनी (६४, १२८, २५६ जीबी स्टोरेज), आईफोन १२ प्रो (१२८, २५६, ५१२ जीबी स्टोरेज), आईफोन १२ प्रो म्याक्स (१२८, २५६, ५१२ जीबी स्टोरेज) छन् । यी मोडलहरुको मूल्य सात सयदेखि १४ सय डलरको बीचमा तोकिएको छ ।

विश्वभर आईफोन १२ मिनिको प्रि–अर्डर नोभेम्बरदेखि सुरु हुनेछ । साथै १३ नोभेम्बरदेखि यो स्मार्टफोन मानिसहरुले पाउन थाल्नेछन् । आईफोन १२ र आईफोन १२ प्रोको प्रि–अर्डर अक्टोबर १६ देखि सुरु हुनेछ भने २३ अक्टोबरबाट बिक्री सुरु हुनेछ । आईफोन १२ प्रो म्याक्सको प्रि–अर्डर १३ नोभेम्बरदेखि सुरु हुनेछ भने बिक्री २० नोभेम्बरदेखि सुरु हुनेछ ।

यसपटक आईफोनको साइजमा केही परिवर्तन गरिएको छ । पहिलोपटक आईफोनमा हेडफोन र चार्जर हुनेछैन । वातावरणीय असर घटाउन यस्तो गरिएको एप्पलले बताएको छ ।

नयाँ आईफोनमा रातको समयमा फ्ल्यास विना नै सेल्फी खिच्न सकिने प्रविधिको प्रयोग गरिएको छ । कलर कन्ट्रास्ट र आवाजमा पनि पहिलाको भन्दा राम्रा फिचर छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment