Comments Add Comment

‘के माया लाग्छ र’ चल्यो, तर सुरविना…?

केही महिना अगाडि एउटा गीत सर्वाधिक चल्यो । निशान भट्टराई र एलिना चौहानको आवाजमा समावेश ‘के माया लाग्छ र’ बोलको गीत सर्वाधिक हिट भयो । यो गीतले चर्चा पाइरहँदा मिडियामा यो गीतको भिडियोमा काम गरेकी नायिका सुरविना कार्की अन्रवार्ताका लागि दौडधुप गरिन् ।

सुरविनालाई अपेक्षा थियो, यो गीत चलेपछि म्यूजिक भिडियोमा उनको माग खुबै बढ्नेछ । यो गीतपछि नेपालमा सय भन्दा बढी म्यूजिक भिडियो रिलिज भैसकेका छन् । तर, सुरविना भिडियोमा देखिएकी छैनन् । यसले गीत चलेपनि उनलाई भने खासै फाइदा नभएको वुझ्न सकिन्छ । एउटा गीत चलेपछि मोडल, गायक–गायिकादेखि सो गीतसँग आवद्ध हरेक व्यक्ति व्यस्त हुने गर्छन् । तर, चलचित्रमा बोल्ड छवि बनाएकी यी सुन्दरीको व्यस्तता खासै देखिएन ।

नेपाली चलचित्रमा पनि आशातित सफलता नपाएपछि मुम्बई पुगेर अभिनय सिकेकी सुरविना अहिले नेपालमै छिन् । मुम्बइमै रहेर फोटोसुट गर्दै आएकी उनी राम्रो चलचित्रको अफर नआउँदा काम गर्न नसकेको बताउँछिन् । करिअरको सुरुवातमा उनले काम गरेका केही चलचित्रले उनलाई नराम्रोसँग झट्का दिएका थिए । जसलेगर्दा, आज पनि उनलाई चलचित्रमा काम पाउन समस्या भैरहेको छ ।

सुरविना अब भने दर्शकको मन जित्ने चलचित्रको अफर आउँदा मात्र काम गर्ने बताउँछिन् । आज आफ्नो जन्मदिन मनाइरहेकी यी सुन्दरी करिअरमा सुखद विन्दु आउनेमा आशातित छिन् । सुरविनालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment