Comments Add Comment

के हामी आफ्नो यौन जीवनबाट सन्तुष्ट छौं ?

दाम्पत्य जीवनमा यौनको खास भूमिका रहन्छ । श्रीमान र श्रीमतीबीच जति प्रगाढ र विश्वसनिय सम्बन्ध छ, उत्तिनै उनीहरुको यौन जीवन पनि आनन्दायक हुन्छ । तर, दम्पतीबीच गुनासो, अविश्वास, आशंका, असहयोगको स्थिति छ भने उनीहरुले यौन जीवनबाट भरपुर आनन्द लिन सक्दैनन् ।

यद्यपि कतिपय अवस्थामा हामीले चाहेर पनि आफ्नो यौन जीवनलाई आनन्ददायक बनाउन सक्दैनौं । यसमा हाम्रो मानसिक र शारीरिक दुबै समस्या हुनसक्छ । किनभने यौन एक शारीरिक क्रिया भएर पनि यसमा मानसिक उपस्थिती प्रमुख मानिन्छ । त्यसैले शारीरिक र मानसिक तालमेलबाट मात्र यौनमा भरपुर आनन्द लिन संभव हुन्छ ।

यौनका निम्ति हामी शारीरिक वा मानसिक रुपमा कति सक्षम छौं ?

–एक सामान्य व्यक्तिलाई यौनको आवश्यक्ता र चाहाना हुन्छ ।

– यस किसिमको चाहाना व्यक्ति अनुसार एकनास हुँदैन । कसैलाई कम हुन्छ, कसैलाई बढि ।

–  फेन्टासी अर्थात कल्पना गर्नु, कुनै खास व्यक्तिप्रति हामी आकर्षित हुन्छौ भने, उसको बारेमा सोच्नु वा यौन सम्पर्कको इच्छा गर्नु स्वभाविक र सामान्य हो ।

– यौन इच्छा भएपछि मास्टरबेट अर्थात हस्तमैथुन गर्नु पनि स्वस्थ्य मानिन्छ ।

-यदि माथि उल्लेखित तमाम लक्षण मिल्छ भने, हामी सेक्सुअली ठिक छौ भनेर बुझ्न सक्छौ । यदि यौन इच्छामा ह«ास हुनु भनेको सेक्सुअली फिटनेस कम हुनु हो ।

-हाम्रो यौन जीवन कति राम्रो छ ?

-के यौन सम्बन्धबाट आफु र पार्टनरले पहिले जस्तो सन्तुष्ट पाइरहेका छौं ?

-शारीरिक क्रिया भएपनि भावनात्मक रुपले आनन्द लिइरहेका छौ ?

यी तमाम प्रश्न आफु स्वंम र आफ्ना जीवनसाथीसँग गर्नुपर्छ, यसबाट थाहा हुन्छ कि हामी यौनका लागि कति सक्षम छौं भन्ने कुरा ।

यौन जीवन किनपनि सुमधुर र सक्रिय हनुपर्छ भने, यसले दम्पतीको स्वस्थ्यसँग सोझो सरोकार राख्छ । अध्ययनहरुमा भनिएको छ, विवाहित व्यक्ति कुमार व्यक्तिको तुलनामा बढी स्वस्थ र दीर्घायु हुने गर्छन् । यसले पनि यौनको महत्वलाई प्रष्ट पार्छ । यौन लाजको विषय भन्दा पनि  प्राकृतिक र स्वभाविक प्रक्रिया हो । यद्यपी यसको सीमा र विधी छन् ।

सन्तुलित, सक्रिय र विधिगत् यौनक्रिया जीवनकै अहंम हिस्सा हो । यसले खासगरी दम्पतीबीचको सम्बन्धलाई सुमधुर राख्न सहयोग गर्छ । तर, अहिलेको व्यस्त दिनचर्याले दम्पतीको यौन जीवन खलबलिदै गएको छ । दिनभर काम, करियर, पैसा, परिवारको दौडधूपले गर्दा दम्पतीको अन्तरंग सम्बन्ध खुकुलो बन्दै गएको छ । शारीरिक तथा मानसिक थकान, तनाव आदिले गर्दा यौन क्रिया प्रभावित भएको छ ।

नतिजा, दम्पती यौनमा उदासिन हुन सक्छन् । उनीहरुको यौनजीवन खल्लो हुनसक्छ ।  यस्तो अवस्थामा आफु र जीवनसाथी यौनका लागि कति सक्षम छौ भन्ने कुराको पनि ख्याल गर्नैपर्ने हुन्छ ।

भावनात्मक पहल

पार्टनरसँग भावनात्मक लगाव छ भने यौन जीवन राम्रो हुनसक्छ । यद्यपी दुबैजना यान्त्रिक जीवनशैली विताइरहेका छन् भने यौनको चाहानामा कमी आउन सक्छ । अर्थात सेक्सुअली फिटनेस कम हुन्छ ।  यस्तो अवस्थामा जरुरी छ कि, दुबै एकसाथ समय विताउनुपर्छ । प्रेमपूर्वक कुराकानी गरौ । एकअर्काको सहयोग गरौ । जसको सिधा असर आफ्नो यौन जीवनमा परोस् ।

मानसिकि स्थिति

मानसिक तनाव, कामको बोझ, घरेलु जिम्मेवारीले यौनमा उदासिनता ल्याउँछ । संभव भएसम्म यस्तो तनाव सयन कक्षासम्म लान हुँदैन । दम्पतीले आपसमा मिलेर समस्याको समाधान खोजौ । त्यसैले आफ्नो सम्बन्ध र यौन जीवनमा दैनिक कामको असर पर्न दिनुहुँदैन ।

शारीरिक पहल

यौन सक्षमता धेरै हदसम्म आपनो शारीरिक तन्दुरुस्तीसँग पनि जोडिएको हुन्छ । तर, यदि कुनै सेक्सुअल वा शारीरिक समस्या छ भने परामर्शदाताको सल्लाह लिनैपर्छ । योग वा व्यायामलाई आफ्नो जीवनशैलीको हिस्सा बनाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment