Comments Add Comment

नवनियुक्त ३ मन्त्रीले लिए शपथ

२९ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गरेका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उनीहरुलाई मन्त्री नियुक्त गरेकी थिइन् ।

यो पनि पढ्नुहोस ईश्वर पोखरेलको रक्षा मन्त्रालय खोसियो, विष्णु पौडेल बने अर्थमन्त्री यो पनि पढ्नुहोस ईश्वर पोखरेलले नै बुझेनन् बढुवा भइयो कि घटुवा ! यो पनि पढ्नुहोस ‘बिचौलियासँग मुछिएका’ नेतालाई अर्थमन्त्रालयको चाबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment