Comments Add Comment

एक नाल भरुवा बन्दुकसहित चार जना पक्राउ

फाइल तस्वीर

२९ असोज, काठमाडौं । पर्साको ठोरीबाट एक नाल भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा ठोरी गाउँपालिका–४ बस्ने ३४ वर्षीय कुमार लामा, ३५ वर्षीय सुनबहादुर लामा, ३२ वर्षीय बाबुराम लामा र २५ वर्षीय अमन लामा रहेका छन् ।

उनीहरुको साथबाट १ नाल भरुवा बन्दुक, ४ राउण्ड गोली, १ सय ग्राम बारुद र १ थान खुकुरी बरामद भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए ।
लागूऔषध गाँजा लिएर आउँदै छन् भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले औराही खोलाको बगर क्षेत्रबाट उनीहरुलाई बुधबार राति नियन्त्रणमा लिएको साहले बताए ।

प्रहरीको टोलीलाई देखेपछि उनीहरुले एक राउण्ड फायर गर्दै भाग्न खोजेपछि त्यसको जवाफमा प्रहरीले पनि दुई राउण्ड हवाई फायर गरेर नियन्त्रणमा लिन सफल भएको उनले बताए ।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment