+
+
Shares

जनप्रतिनिधिलाई कोरोना देखिएपछि निलकण्ठ नगरपालिकाको सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २९ गते १९:०६

२९, असोज, काठमाडौं । नगरपालिकामा एकैदिन ९६ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि धादिङको निलकण्ठ नगरपालिकाको सेवा बन्द गरिएको छ ।

कर्मचारी र जनप्रतिनिधिलाई नै कोरोना देखिएपछि तत्कालका लागि नगरपालिकाबाट प्रदान हुने अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

असोज २५ गते स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र बुधबार उक्त नतिजा प्राप्त भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तुलबहादुर महतले जानकारी दिए ।

संक्रमितको सम्पर्कमा रहेकाहरुको ट्रेसिङ भइरहेको र त्यो सकिएर स्वाब संकलन नगरेसम्म सिल यथावत रहने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?