+
+
Shares

व्यवसायी ठग्ने नक्कली सुरक्षाकर्मी पक्राउ    

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २९ गते १९:२०

२९ असोज, काठमाडौं । नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीसँग रकम असुली गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको खाडोदेवी घर भई काठमाडौंको बानियाटार बस्ने गोविन्द खड्का रहेका छन् ।

खड्काले प्रहरीले बोक्ने जस्तै सञ्चार सेट (वाकीटकी) र सुरक्षा निकायको पोशाक प्रयोग गरी काठमाडौं उपत्यकाका व्यवसायीलाई प्रभाव पार्दै रकम असुली गर्ने गरेको प्रहरीको भनाइ छ ।

दुई वर्षपछि महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले उनलाई बिहीबार बिहान पक्राउ गरेको हो । उनको साथबाट सञ्चार सेट, गोविन्द खड्का लेखिएको ‘नेम प्लेट’, विभिन्न सुरक्षा निकायको पोशाक, सुरक्षाकर्मीले लगाउने बुट जुत्तालगायत बरामद गरिएको छ । बरामद सञ्चार सेटले अन्य सुरक्षा निकायका सञ्चार सेटका फ्रिक्वेन्सी टिप्ने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?