+
+
Shares

बैतडीमा वडाध्यक्षको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते ८:४५

३० असोज, कैलाली । बैतडीमा एक वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ५ का ७० वर्षीय वडाध्यक्ष केशव मडैको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

एक्कासी घरमा लडेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

वडाध्यक्ष मडै लामो समयदेखि सुगर, प्रेसर र जन्डिसको बिरामी थिए । उनी तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?