
२९ पुस, काठमाडौं । निर्वाचन आयोगले बैतडीको पाटन नगरपालिकामा एक वडा सदस्य पद रिक्त भएको जनाएको छ ।
नेपाली कांग्रेसबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित रमेश राम कोली अन्य दलमा प्रवेश गरेको र उनलाई पार्टीले कारबाही गरेकाले आयोगले उनको पद रिक्त भएको जनाएको हो ।
कांग्रेसले अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराएको थियो । सोही कागजातको आधारमा आयोगको यही पुस २३ गते बसेको बैठकले उनी निर्वाचित भएको दलित वा अल्पसंख्यक कोटाको सदस्य पद स्वतः रिक्त भएको निर्णय गरेको हो । यस सम्बन्धमा आयोगले पुस २९ गते सूचना सार्वजनिक गरी जानकारी दिएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको व्यहोरा सम्बन्धित दलले निर्वाचन आयोगलाई जानकारी गराउनु पर्ने कानुनी व्यवस्था छ ।
हेर्नुहोस् निर्वाचन आयोगले जारी गरेको सूचना-
प्रतिक्रिया 4