Comments Add Comment

प्रधानमन्त्रीको स्पष्टीकरण : बुढीगण्डकीमा ९ अर्ब बाँडेर खायो भन्नु निराधार

अनलाइनखबर फाइल

३० असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनामा तीन नेताले ९ अर्ब बााडेर दाबी निराधार भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बुढीगण्डकीमा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब बाँडेर खाएको आरोप लगाएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

शुक्रबार प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि भट्टराईको दाबीको खण्डन गरे । सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको, तर केही गैर जिम्मेवार तरिकाले बोलेर हिँडेको उनले बताए ।

भट्टराईको नाम नलिई उनले भनेका छन्, ‘निर्णय नभएको, कार्यआरम्भ नभएको, हुन्छ या हुँदैन ? कसले गर्छ ? भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु । यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्ति एउटा कुरा हो । तर हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं ।’

जनतालाई गलत सूचना दिएर भड्काउने र गलत बाटोमा लैजाने काम गर्न नसक्ने उनले बतए । भ्रष्टाचार र अपराधविरुद्ध शून्य सहनशीलता सरकारको नीति भएको भन्दै प्रधानमन्त्रीले यसमा नेपाल प्रहरीले भूमिका खेल्ने बताए ।

बलात्कारमा मिलापत्र अस्वीकार्य

प्रधानमन्त्री ओलीले बलात्कारका घटनामा मिलापत्र कुनै हालतमा अस्वीकार्य भएको बताएका छन् । यो निन्दनीय र मानवता विरोधी अपराध भएको भन्दै उनले भने, ‘निकट भविष्यमा अझ कडा कानुन ल्याउने सोचिरहेका छौं ।’

मिलापत्रका नाममा बलात्कारका घटनालाई छोपछाप पर्ने काम सैहृय नहुने उनले बताए । नागरिक समाज पनि सचेत हुनुपर्ने भन्दै उनले भने, ‘सामाजिक दबाब, भनसुन आउन सक्छन्, यस्ता कुराबाट प्रहरी टाढा रहनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment