+
+
Shares

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते १२:४९

३० असोज, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका– २ का ६७ वर्षीय पुरुषको बुटवल धागो काराखानास्थित कोरोना विशेष अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।

असोज २१ गते कोरोना संक्रमण पुष्टि भएका उनको शुक्रबार बिहान ७ः१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे ।

चार दिनसम्म आइसोलेसन वार्डमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा समस्या आएपछि २५ गते उनलाई आईसीयू कक्षमा सारिएको थियो । आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिए पनि उनलाई बचाउन नसकिएको डा. गौतमले बताए ।

योसंँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ४६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?