+
+
Shares

रुकुम पश्चिमका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते १४:११

३० असोज, काठमाडौं । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत रुकुम पश्चिमका एकजना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ ।

चौरजहारी नगरपालिका–१४ का ३३ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि असोज २१ गते अस्पतालमा भर्ना भएका उनको २२ गते संक्रमण पुष्टि भएको थियो ।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका १३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?